बंगलादेशलाई आच्छुआच्छु पार्‍यो मलेसियाले, केवल २ रनको हार – Nepal Press

बंगलादेशलाई आच्छुआच्छु पार्‍यो मलेसियाले, केवल २ रनको हार

काठमाडौं । मलेसियामाथि केवल २ रनको कठिन जित हात पार्दै बंगलादेश जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । ११७ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १४ रन जोडेको थियो ।

मलेसियाका विरनदिप सिंह एक्लैले ५२ रन बनाए। मलेसियालाई अन्तिम ओभरमा जितका लागि केवल ५ रन आवश्यक थियो । तर अफिफ होसेनले एक विकेट लिएर २ रन मात्र दिए । सुरुका तीन बलमा रन नदिएका अफिफले चौथो बलम विरनदिपलाई आउट गरेका थिए । त्यसपछिका लगातार दुई बलमा मलेसियाले १/१ रन जोडेको थियो ।

त्यसअघि दुवै प्रारम्भिक ब्याट्सम्यानले रन नजोडी आउट भएपछि दबाबमा आएको बंगलादेशका लागि कप्तान सैफ हसनले ५० रन बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर