युरोप पठाइदिने भन्दै ठगी गर्ने पाकिस्तानी पुरुष र अजरबैजानकी महिला ठमेलबाट पक्राउ – Nepal Press

युरोप पठाइदिने भन्दै ठगी गर्ने पाकिस्तानी पुरुष र अजरबैजानकी महिला ठमेलबाट पक्राउ

काठमाडौं । युरोप पठाइदिने नाममा नेपालीलाई ठगी गरेको आरोपमा प्रहरीले पाकिस्तानी पुरुष र अजरबैजानकी महिलालाई ठमेलबाट पक्राउ गरेको छ।

ठमेलस्थित एक होटलमा बस्दै आएका ५१ वर्षीय दिन मुहम्मद र ३१ वर्षीया एसिल हुसेनिललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले पोल्यान्ड, पोर्चुगल, चेक गणतन्त्रलगायत देशमा पठाइदिने भन्दै नेपालीसँग ८० लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीहरुले नक्कली वर्कपर्मिटलगायतका डकुमेन्ट बनाएर विश्वासमा पारेको प्रहरीको दाबी छ । उनीहरुले प्रोसेसिङका लागि मात्र एक हजार डलर लिने गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी राठोरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *