शेयर बजारमा सामान्य अंकको वृद्धि – Nepal Press

शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको चौथो दिन शेयर बजार समान्य अंकले वृद्धि भएको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा बन्द भएको छ । यसदिन बजारमा एक अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार हुदाँ ४३ लाख २३ हजार २१ कित्ता सेयरको खरिदबिक्री भएको हो ।

आजको कारोबारमा मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था, सिद्धर्थ ग्रोथ फण्ड स्केम२ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी ६ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

बुधबार बजार पुँजिकरण ३० खर्ब रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर