भरतपुरमा रेनु दाहालकाे सहभागितामा माओवादी निकट विश्वासी र पास्टरको भेला, प्रगतिशील ईसाई मञ्च गठन – Nepal Press

भरतपुरमा रेनु दाहालकाे सहभागितामा माओवादी निकट विश्वासी र पास्टरको भेला, प्रगतिशील ईसाई मञ्च गठन

चितवन । सत्तारुढ दल नेकपा माओवादीमा रहेका ईसाई धर्मावलम्बीहरुले भरतपुर महानगरपालिकामा भ्रातृ संगठन निर्माण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको सम्मेलनबाट माओवादी निकट ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरिएको हो ।

गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेको सम्मेलनले शिवु क्षेत्री अध्यक्ष रहेको प्रगतिशील ईसाई मञ्चको घोषणा गरेको छ । नयाँ निर्वाचित अध्यक्ष क्षेत्रीले फेसबुकमा गत बिहीबार भरतपुर महानगरका मेयर रेनु दाहाल सहभागी भएको तस्वीरसहित मञ्च गठनको जानकारी गराएका छन् ।

क्षेत्रीका अनुसार उक्त सम्मेलन ईसाई पहल समिति चितवनका संयोजक सुमन लुगेंलीको अध्यक्षतामा भएको थियो । सम्मेलनमा प्रतिनिधिसभाका पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र भरतपुरका अध्यक्ष ईश्वर सापकोटालगायत उपस्थित थिए ।


प्रतिक्रिया

One thought on “भरतपुरमा रेनु दाहालकाे सहभागितामा माओवादी निकट विश्वासी र पास्टरको भेला, प्रगतिशील ईसाई मञ्च गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर