क्लस्टरमा सहमति नजुट्दा एमाले गण्डकी अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित – Nepal Press

क्लस्टरमा सहमति नजुट्दा एमाले गण्डकी अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित

पोखरा । क्लस्टरमा सहमति जुट्न नसक्दा नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेबाट मनोनयन उम्मेदवारी फाराम वितरण र दर्ता हुने तालिका थियो ।

तर, सहमति नजुट्दा निर्वाचन प्रक्रिया आज स्थगित भएको हो ।

तर, क्लष्टरमा कुरा नमिल्दा उक्त समय साझ ५ बजेका लागि सारिएको थियो । उक्त समयमा पनि नटुंगिएपछी उम्मेदवारी दर्ता बुधबारका लागि सारिएको हो ।

उम्मेदवारहरुको क्लस्टर मिलाउनुपर्ने भएको हुँदा मनोनयनका लागि बुधबारको समय दिने निर्वाचन कमिटीले जनाएको छ ।

अब भोलि बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने कमिटीले बताएकाे छ ।

प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लसटर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर