भृकुटी मण्डपमा पूर्वमन्त्री यादवमाथि खुकुरी हान्ने श्यामबाबु जेल चलान – Nepal Press

भृकुटी मण्डपमा पूर्वमन्त्री यादवमाथि खुकुरी हान्ने श्यामबाबु जेल चलान

काठमाडौं । काठमाडौको भृकुटी मण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

ज्यान मार्ने उद्योगको अभियोग लागेका श्यामबाबु सापकोटालाई काठमाडौं जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको हो ।

भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो । आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। सापकोटाले राजसंस्था पक्षमा नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *