ओलीको आरोप- मेरो ज्यान मार्न खोज्नेहरुलाई सरकारले समाउँदैन – Nepal Press

ओलीको आरोप- मेरो ज्यान मार्न खोज्नेहरुलाई सरकारले समाउँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई नसमातेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै उनले सरकारले हिंसालाई प्रोत्साहित गरेको बताए ।

ओलीले भने, ‘यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन । प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ । हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन । मेरो ज्यान मार्न खोज्नेहरुलाई समाउँदैन, समाते पनि तत्काल छाड्छ । प्रहरीको टाउको फुटाउने र दाँत भाचिने स्थितिसम्मका हमला भएका छन् । त्यसमा केही पनि नगर्नु भन्ने ? हामीमाथि हमला गर्ने गठबन्धनका सहयात्री भनिएका पार्टीहरुका कार्यकर्ता हुन् ।’

उनले प्रधानमन्त्रीलाई यो कुरा धेरै पटक भन्दा पनि हिंसालाई प्रोत्साहित गर्ने काम गरिरहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर