नेपालका दुवै ओपनर आउट, ६२ रनमा २ विकेट गुमाएपछि दबाबमा – Nepal Press

नेपालका दुवै ओपनर आउट, ६२ रनमा २ विकेट गुमाएपछि दबाबमा

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ६२ रन जोड्दा दोस्रो विकेट गुमाएको छ।

कुशल भुर्तेल २८ रनमा आउट भए। नेपालले ९ ओभरमा २ विकेट गुमाएर ६२ रन जोडेको छ। नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। नेपालका आसिफ शेख १०रन बनाएर आउट भए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको।

भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए। अविनाशले ४ ओभरमा ५३ रन दिए। सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर