तिलगंगा छुरा प्रहार घटनामा एकजना पक्राउ – Nepal Press

तिलगंगा छुरा प्रहार घटनामा एकजना पक्राउ

काठमाडौं । काठमाडौंको तिलगंगामा सोमबार बिहान भएको छुरा प्रहार घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिकिलदेव सहनी रहेका छन् । पिके डाइग्नोस्टिकका सन्चालक साबिर हुसेनमाथि छुरा प्रहार गरी २ जना भागेका थिए ।

प्रहरीले घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद गरेको थियो । फरार अर्का व्यक्तीको पनि पहिचान खुलेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । लेनदेनको विवादमा आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छुरा प्रहारबाट हुसेनको खुट्टामा चोट लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *