हामीले खबरदारी गरेपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो : महासचिव पोखरेल – Nepal Press

हामीले खबरदारी गरेपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो : महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले खबरदारी गरेपछि पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकार बाध्य भएको दाबी गरेका छन् । एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको  उद्घाटन सत्रमा महासचिव पोखरेलले एमाले खबरदारी गरेपछि वृद्धि भएको मूल्य सरकारले घटाएको दाबी गरेका हुन् ।

‘चार्डपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा वृद्धि गरेपछी हाम्रै पार्टीले खबरदारी गर्नुपर्ने बाध्यता पर्यो । जसको परिणाम स्वरुप सरकार एक कदम पछाडि सर्न बाध्य भयो’, उनले भने

महासचिव पोखरेलले गठबन्धनको सरकार आएपछि स्थानीय तह, प्रदेशको बजेट कटौती भएको आरोप लगाए । ‘गठबन्धनको सरकार आएपछी पालिकाका बजेट कटौती भएका छन्, प्रदेशका बजेट कटौती भएको छ, विकासको बजेट कटौती भएको छ’, उनले भने

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर