एमाले गण्डकी अधिवेशन : छाता ओढेर ओलीलाई कुर्दै प्रतिनिधि – Nepal Press

एमाले गण्डकी अधिवेशन : छाता ओढेर ओलीलाई कुर्दै प्रतिनिधि

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको उद्घाटन समारोह ढिला भएको छ । १२ बजेका लागि तय भएको उद्घाटन कार्यतालिका अध्यक्ष केपी शर्मा ओली आइनपुगेका कारण ढिला भएको हो ।

बिहानैदेखि पानी परेर पोखराको मौसम बिग्रेकाले उडान हुन सकेको छैन । मौसम खुल्ने छाँट नदेखिएकाले ओली आउने सम्भावना कम नै छ ।

अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि छाता ओढेर बसिरहेका छन् । उनीहरू अध्यक्षलगायत काठमाडौंबाट आउने शीर्ष नेतालाई कुरिरहेका छन् । ओली आएलगत्तै कार्यक्रम थाल्ने आयोजकको तयारी छ ।

उद्घाटन पोखरा अमरसिङ चौरमा गर्ने र बन्दसत्र पोखरा सभागृहमा गर्ने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर