तिलगंगामा एक युवामाथि छुरा प्रहार, कटुवा पेस्तोल छाडेर फरार – Nepal Press

तिलगंगामा एक युवामाथि छुरा प्रहार, कटुवा पेस्तोल छाडेर फरार

काठमाडौं। काठमाडौंको तिलगंगा नजिकै एक व्यक्तिमाथि छुरा प्रहार भएको छ।

कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको छ। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *