प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : मन्त्री किराँती – Nepal Press

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : मन्त्री किराँती

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने धारणा राखेका छन् ।

पर्यटन यातायत व्यावसायी संघको २० औँ साधरण सभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले प्रदेश नम्बर एकबाट सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।

‘राज्य भ्रष्टाचारले जर-जर भएको यो अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले यसको विरुद्व ज्याहाद छेडेको छ । अब सबै दल मिलेर प्रचण्ड नेतृत्वमा भ्रष्टाचारको अन्त्य गरी देश आर्थिक समृद्धिमा लैजान पर्छ । मिलेर नै राणा अनि राजा ढालेको दलहरुले भ्रष्टाचारको जरापनी मिलेर नै उखेल्नुपर्छ । प्रदेश नम्बर एकमा अवसर आएको छ यहाँबाट सन्देश दिउँ अब हामी मिल्यौं अरु बाकी ६ प्रदेशसँगै केन्द्रमा पनि सर्वदलीय सरकार गठन गरौँ अब जनताले यो भन्दा बढी हामीलाई पर्खिने छैनन्’, उनले भने, ‘यो भन्दा ढिला गरियो भने यो सम्भावनायुक्त मुलुक पछिलतिर धकेलिँदै जानेछ ।’

फरक प्रसंगमा किराँतीले यो देशमा राम्रो काम गर्नेलाई स्टन्ड भनेर खिसी गर्ने प्रवृत्ति रहेको समेत बताएका छन् ।

‘बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेकोले कार्यक्रममा आयोजकको समयमा न आएपनी आफुले भनेको समयमा आईपुगे । न नुहाई आउँदा हिलो पोतिएको लुगामा आउँदा यहाँ राम्रो भनिदैन, स्टन्ड भनिन्छ । सरसफाई नीति बनाएर लागू गरिएको छ । र म आफैं सहभागी भएर सरसफाइलाई संस्कृतिको रुपमा निर्माण गर्न खोजिरहेको छु । देशको सचेत मिडियाहरुले नै खिसी गरेर आफूलाई उडाउँछ’, मन्त्री किराँतीले भने, ‘मन्त्री भए यता गरिएका कुन-कुन काम स्टन्ड हो ? वार्षिक ५१ हजारमा ९ रोपनी जग्गा मारवाडीले भोग चलन गरिरहेको थियो खोसियो, ६ वर्ष देखि थन्किएको फ्लाइङ स्कुलको फाइल खोलियो, नेपाली आकाश कालो सुचिबाट हट्दै छ, वायु सेवा निगम सुधार हुने क्रममा छ, पर्यटन र संस्कृति नीति बन्दै छ यो पनि स्टन्ड नै होला सायद । अरु थुप्रैथुप्रै कामको फेहेरेस्त हामीसँग छ यसलाई पनि स्टन्ड नै भनेर उडाइन्छ यहाँ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर