रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा (भिडिओ) – Nepal Press

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर १ घण्टा राष्ट्रिय सभागृहमा राखिने भएको छ ।

उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।

त्यसपछि साढे १२ देखि साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने छ ।

उनको आजै दिउँसो साढे २ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । रिजाललाई अन्तिम बिदाईसँगै श्रद्धाञ्जली दिन अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापा, मेयर बालेन साहलगायत राष्ट्रिय सभा गृह पुगेका थिए ।

रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर