एमाले कर्णाली प्रदेश अधिवेशन : ६५० प्रतिनिधिको सहभागिता रहने – Nepal Press

एमाले कर्णाली प्रदेश अधिवेशन : ६५० प्रतिनिधिको सहभागिता रहने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा हुने भएको छ ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

अधिवेशन नजिकिएसँगै नेताहरू आन्तरिक तयारीमा जुटेका छन् ।

बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

कर्णाली प्रदेश कमिटीको बैठक इन्चार्ज लेखराज भट्टसहित बसेको बैठकले भदौ ३० गतेसम्म प्रतिनिधि छनोटको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

यस्तै, बाकी रहेको ५० प्रतिशत अङ्क बराबर एक जना प्रतिनिधि थप हुने व्यवस्था गरिएको जनाइएको छ ।

अधिवेशनमा सहभागिताका लागि खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधिमध्ये १ तिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहनुका साथै समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

कणाली प्रदेशको प्रथम अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर