बीपी साहित्य महोत्सव समारोह समितिमा बस्न प्रेस युनियनका अध्यक्ष लम्सालले गरे अस्वीकार – Nepal Press

बीपी साहित्य महोत्सव समारोह समितिमा बस्न प्रेस युनियनका अध्यक्ष लम्सालले गरे अस्वीकार

काठमाडाैं । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले ‘विपी साहित्य महोत्सव-२०८०, समारोह समितिमा बस्न अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्मजयन्तीको अवसरमा भदौ २४ देखि २५ गतेसम्म हुने महोत्सवमा लम्साल नबस्ने भएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै नेपाली साहित्यको प्रवद्र्धनमा महोत्सवले भूमिका खेल्ने भएकोले कोइरालाको जन्मजयन्ती मनाउने कार्यक्रम स्वागतयोग्य भएको तर प्रेस युनियनसँग सरसल्लाह नगरी आयोजक समितिमा आफ्नो नाम राखिएकोमा असहमति रहेको उल्लेख गरेका छन् ।

‘महोत्सव सम्पन्न गर्ने सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय समितिले गठन गरेको महोत्सव तयारी समितिप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । महोत्सव सम्पन्न गर्न दोस्रो चरणमा समिति बिस्तार गर्दा सरसल्लाह नै नगरी म प्रेस युनियनको अध्यक्ष शिव लम्सालको समेत नाम राखेर प्रकाशन गरिएको विज्ञप्ति प्रति मेरो असहमति छ । उक्त समितिको सदस्यमा म शिव लम्साल नरहेको जानकारी यसै विज्ञप्ति मार्फत गराउँछु’, लम्सालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *