मानव बेचबिखनविरुद्ध योगदान गरेका चार संस्थासहित आठजना पुरस्कृत – Nepal Press

मानव बेचबिखनविरुद्ध योगदान गरेका चार संस्थासहित आठजना पुरस्कृत

काठमाडौं । सरकारले मानब बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा सचेतना फैलाउने एवम उद्धार गर्ने कार्यमा सक्रिय योगदान पुर्याउने संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक समारोहका बीच बुधबार चार वटा संस्थालाई सम्मान र चार जना व्यक्तिलाई पुरस्कृत गरेको हो ।

सम्मानित हुने संस्थामा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरो, महिला आत्मनिर्भर केन्द्र मेलम्ची, सिन्धुपाल्चोक, सञ्चार माध्यममा छापातर्फ नागरिक दैनीक र विद्युतीयतर्फ रेडियो मुक्ति बुटवल रहेका छन् ।

मानव बेखबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवसका अवसरमा मन्त्रालयले सम्मान गरेको हो ।

मन्त्रालयले हरेक वर्ष मानव बेखबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने संस्था र व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

यस्तै व्यक्तितर्फ भने शक्ति समूहमा आवद्ध मानव बेचबिखन विरुद्धका अभियन्ता उर्मिला श्रेष्ठ, मानव बेखबिखन ब्यूरोमा कार्यरत प्रहरी हवल्दार बलबहादुर घिसिङ, सञ्चारमाध्यमतर्फ झापाका पत्रकार रेजिना गौतम पाल्पाका पत्रकार सीता डोटेल रहेका छन् ।

संस्थालाई प्रमाणपत्रसहित सम्मान गरेको हो भने व्यक्तिलाई ३५ हजार नगदसहित प्रमाणपत्रले महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सम्मान तथा पुरस्कृत गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *