यी हुन् वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानको २४ निर्णय – Nepal Press

यी हुन् वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानको २४ निर्णय

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

भदौ १७ र १८ गते बसेको केन्द्रीय कमिटीको छैठौं पूर्णबैठकले एमसिसीमा १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन नभएर सडकमा जान्छु भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष गौतमले भने, ‘अहिले केही भिन्न तरिकाबाट एमसीसी विरोधी राजनीतिक पार्टी र व्यक्तिहरु जस्तै प्रधानमन्त्रीबाट नै व्याख्यात्मक घोषणा बमोजिम कार्यान्वयन भएन भने सडकमा जानेछौं र राष्ट्रव्यापी संघर्ष गर्नेछौं भन्ने उग्र प्रतिक्रियात्मक भाषणले जनतामा सकारात्मक प्रभाव पारेको छैन । यस्तो प्रचारवाजी कस्का निम्ति ? प्रधानमन्त्रीले नै यसो किन भन्नु पर्‍यो ? प्रधानमन्त्रीलाई नै कार्यान्वयन हुने/नहुने सम्बन्धमा यति ठूलो शंका छ भने संसदबाट अनुमोदन किन गर्नु परेको थियो ? यसले जनतामा अन्यौल सिर्जना गर्ने भन्दा अरु कुनै उपलब्धी हुने छैन ।’

यीबाहेक बैठकले समसामयिक विषयमा २४ निर्णय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर