सुदूरपश्चिममा भोलि गौराको बिदा दिन माग – Nepal Press

सुदूरपश्चिममा भोलि गौराको बिदा दिन माग

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारसँग भोलि गौरा पर्वका लागि बिदा माग गरिएको छ ।

यसअघि प्रदेश सरकारले भदौ ७ गते र ८ गते सार्वजनिक दिएको थियो । तर, सुदूरपश्चिम प्रदेशका केही जिल्लामा २१ गते पनि गौरा पर्व मनाइन्छ । २१ गते गौरा मनाउने जिल्लाहरूमा पनि बिदा दिन माग गरिएको हो ।

खासगरी डोटी दार्चुला बैतडी र बझाङमा २१ गते गौरा मनाइन्छ । यहाँका केही स्थानीय तहले गौरा बिदा दिए पनि प्रदेश सरकारले भने बिदा माग गरिएको छ । यहाँका संस्कृतिविद् तथा सरोकारवालाहरूले बिभिन्न मन्त्री तथा नेताहरूलाई भेटेर भोलि गौराको बिदा दिन आग्रह गरिरहेका छन् । अहिलेसम्म सरकारले बिदा दिने निर्णय गरेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *