राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा (भिडिओ) – Nepal Press

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेका छन् ।

बुधवार दिउँसो राष्ट्रपति पौडेलले कृष्ण मन्दिरको दर्शन गरेका हुन् । उनले भगवान् श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहण गरे । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गर्छ ।

हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा यो पर्व मनाउने चलन छ ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि यहाँ तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर