अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको ३९ औँ वार्षिकोत्सव सम्पन्न – Nepal Press

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको ३९ औँ वार्षिकोत्सव सम्पन्न

बनेपा ।  अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको ३९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शारिरीक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा उपचार र पुनर्स्थापनाको कार्य गर्दै आएको यो अस्पताल विकलाङ्ग मित्र समूहद्धारा संचालित सस्था हो ।

अस्पतालका सस्थापक प्रोफेसर डा.अशोक कुमार बाँस्कोटाको अध्यक्षता बाल अस्पतालकै सभाहलमा विभिन्न कार्यक्रम आयोजना गरि मंगलबार वार्षिकोत्सव भव्य रुपमा मनाइएको थियो ।

कार्यक्रममा बोल्दै अस्पताल प्रबन्धक र प्रशासन प्रमुख डा. प्रदिप कुमार यादवले आर्थिक रुपमा कमजोर भएकै आधारमा कोही पनि शारीरिक अपाङ्गता भएका बालबालिकाहरु उपचारको पहुँच बाहिर नहुन भन्ने उदेश्यले कार्य गरिरहेको बताए ।

त्यसैगरी सस्थाका कार्यकारी निर्देशक र चिकित्सा निर्देशक डा.विवेक बाँस्कोटाले सस्था ३९ औँ वार्षिकोत्सव मनाउँदै गर्दा सम्मका सफलता र चुनौती साथै सस्थालाई दिगो रुपमा अगाडि बढाउन आगामी योजना बारे प्रस्तुतीकरण राखेका थिए ।

निर्देशक डा.बाँस्कोटाले अपाङ्गता भएका बालबालिकाहरुको पहिचान, उपचार,पुनर्स्थापना र सामाजिक पुनर्स्थापनालाई मुख्य प्रस्थानबिन्दु बनाएर हालसम्म दुरदराजमा रहेका बालबालिकादेखि शहरी क्षेत्रका लगायत लाखौं शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको जीवन परिवर्तन गर्न सफल हुनु नै सस्थाको सफलता रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा अस्पतालमा कर्मचारीदेखि उपचाररत बालबालिकाहरुलाई वर्षभरि आयोजना गरिएका विभिन्न प्रतियोगिताको पुरस्कारका साथै नृत्य तथा गायन कार्यक्रम पनि भएको थियो ।

अस्पतालका सस्थापक प्रोफेसर बाँस्कोटाले सस्था यहाँसम्म आइरहदा स्थापना कालका चुनौतीहरु स्मरण गरे । सानो प्रयासबाट आज लाखौं बालबालिकाहरुको जीवन परिवर्तनसम्मको यात्रा निकै कठिन भए पनि आत्मसन्तुष्ठियुक्त रहेकोले खुसी व्यक्त गरे । साथै उनले आगामी दिनमा अस्पताल अझै पुग्न बाँकी शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको पहुँचमा पुग्नुपर्ने धारणा समेत राखे ।

केन्द्रका कर्मचारी तारा बदन सेढाईद्वारा अस्पतालका सस्थापक प्रोफेसरबाँस्कोटा प्रति समर्पित ताराका रचना नामक पुस्तकको पनि विमोचन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर