स्वदेश फर्किएपछि कप्तान रोहितले भने- अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ (भिडिओ) – Nepal Press

स्वदेश फर्किएपछि कप्तान रोहितले भने- अब चाहिँ हाई टाइम भइसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ (भिडिओ)

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले अब पूर्वाधारमा लगानी गर्नुको विकल्प नभएको बताएका छन्।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै रोहितले भने, ‘ अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इन्भेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी। एउटै विकेट छ त्यसैमा सबै जनाले तयारी गरिरहनु परेको छ। डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ।’

एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर