टायर पड्केर बस दुर्घटना हुँदा धनुषामा ४ जना घाइते – Nepal Press

टायर पड्केर बस दुर्घटना हुँदा धनुषामा ४ जना घाइते

जनकपुरधाम । काठमाडौंबाट जलेश्वरका लागि छुटेको बस जनकपुरधाम-ढल्केबर सडकको सपहीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रदेश २-०३-००१ ख १२१५ नम्बरको सावित्री डिलक्स बस दुर्घटनामा परेको हो । अगाडिको टायर पड्केर बस सडकको रेलिङमा ठोक्किएको थियो ।

घाइतेहरूलाई प्रहरीले उद्धार गरी जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको छ । सह-चालक धादिङ गजुरी बस्ने ३७ वर्षीय उमेश बस्नेतको अवस्था गम्भीर छ । खुट्टा भाँचिएको र टाउकोमा चोट लागेका बस्नेतलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घाइतेहरू महोत्तरीको लोहरपट्टीका २७ वर्षीय शिवपुजन साह, जलेश्वर १२ का २३ वर्षीय आशिफ राइन्, सोही ठाउँका ३० वर्षीय भोला राई प्रादेशिक अस्पतालमै उपचाररत् छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर