अख्तियारको कर्मचारी भन्दै धम्क्याएर व्यापारीबाट रकम असुल्ने दुईजना पक्राउ – Nepal Press

अख्तियारको कर्मचारी भन्दै धम्क्याएर व्यापारीबाट रकम असुल्ने दुईजना पक्राउ

जनकपुरधाम । आफूलाई अख्तियारको कर्मचारी भन्दै धाक धम्की लगाएर जनकपुरका व्यापारीबाट रकम असुल्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ३ का ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंह छन् ।जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चोकस्थितबाट उनी दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार जनकपुरका ७ वटा पसलबाट नगद रुपैया असुलेका थिए । अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, नत्र पसल सिल गर्छौं भन्दै धाक धम्की दिएर रुपैयाँ असुलेको उनीहरुमाथि आरोप छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर थप अनुसन्धान तथा कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर