चन्द्र भण्डारी र महेन्द्र रायले भेटे बालकृष्ण खाणलाई – Nepal Press

चन्द्र भण्डारी र महेन्द्र रायले भेटे बालकृष्ण खाणलाई

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन् ।

उनीहरू मंगलबार सुुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नेता खाणलाई भेटेका कारागार प्रशासनले जनाएको छ ।

निकटस्थ स्रोतका अनुसार भेटमा खाणले डा. भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेका थिए । डा. भण्डारी घरमै खाना पकाउने ग्यास पड्किँटा घाइते भएर उपचार गराइरहेका छन् ।

डा. भण्डारीले भने समसामयिक राजनीतिबारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्रोतले बतायो । दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको थियो ।

खाण र डा. भण्डारी एउटै प्रदेशका भए पनि पार्टीभित्र फरक–फरक गुटका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर