मानव आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीकाे प्रतिवद्धता- पेरिस सिद्धान्त अनुकूल नयाँ ऐन निर्माण  गरिन्छ  – Nepal Press

मानव आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीकाे प्रतिवद्धता- पेरिस सिद्धान्त अनुकूल नयाँ ऐन निर्माण  गरिन्छ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग आयोगका अध्यक्ष तपबहादुर मगरसहितको पदाधिकारी टोलीले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा घरेको हो ।

भेटका क्रममा आयोगको टोलीले नेपालको मानव अधिकारको अवस्था, मानव अधिकार आयोगको नयाँ ऐन निर्माण र मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल गरेको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीसँगको भेटमा आयोगका अध्यक्ष मगरले आयोगले अहिलेसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नको लागि राष्ट्रिय मानव अधिकार आयोग ऐनमा पेरिस सिद्धान्त बमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीको नियुक्ति, कर्मचारीको वृत्ति विकासको सुनिश्चिततालगायतका विषयलाई समेट्नुपर्नेमा जोड दिएका छन् । साथै यसका लागि प्रधानमन्त्रीबाट आवश्यक पहल हुनुपर्ने उहाँको भनाई थियो ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आवश्यक पहल गर्ने बताउँँदै पेरिस सिद्धान्तबमोजिम हुने गरी राष्ट्रिय मानव अधिकार आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा आयोगका सदस्य डा.सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, मुख्य सचिव वैकुण्ठ अर्याल, आयोगका कायममुकायम सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा.टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर