प्रधानमन्त्री दाहाल र केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता – Nepal Press

प्रधानमन्त्री दाहाल र केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष  केपी ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको बताए । भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको विषयमा छलफल भएको उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्री र विपक्षी दलका नेताबीच छलफल हुनु सामान्य हो । सौहार्दपूर्ण रुपमा भएको भेटवार्तालाई आगामी दिनमा पनि जारी राख्ने सहमति भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर