ऐन-कानून कार्यान्वयन गर्न नसकेर सहकारीमा समस्या देखियो : नेफस्कुन अध्यक्ष पौडेल – Nepal Press

ऐन-कानून कार्यान्वयन गर्न नसकेर सहकारीमा समस्या देखियो : नेफस्कुन अध्यक्ष पौडेल

काठमाडौं । नेपल बचत तथा ऋण सहकारी महासंघक (नेफस्कुन) अध्यक्ष परितोष पौडेलले राज्यको संयन्त्र र ऐन-कानूनलाई प्रभावकारी तवरले कार्यान्वयन गर्न नसकेर सहकारीमा समस्या देखिएको बताएका छन् ।

मंगलबार नेपाल सहकारी पत्रकार समाज (सेजन) को १३ औं स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले विश्वव्यापी रुपमा भइरहेको आर्थिक मन्दी र राज्यको संयन्त्र तथा ऐनकानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेर सहकारीहरुमा समस्या देखिएको बताए ।

उनले भने, ‘राज्यका संयन्त्रहरुलाई ऐनमा उल्लेख गरियो तर प्रभावकारी रुपमा कार्यान्वयन भने भएको छैन । जबसम्म सहकारीको सिद्धान्तको रक्षा गर्न सक्दैनौं तबसम्म यस क्षेत्रको हित सम्भव छैन् ।’

त्यस्तै, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले केही सहकारी संस्थाको गलत नियतका कारण अन्यत्र लगानी गर्दा आज सबै सहकारीमा नराम्रो छापा बसेको बताए ।

कंडेलले भने, ‘सहकारीले आम नागरिकको जीवनस्तरमा परिवर्तन गर्नको लागि अहम भूमिका निर्वाह गर्नुका साथै किसानको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि साथ दिँदै आएको छ ।’

सहकारी सुधारको लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी क्षेत्रको समस्या समाधानका लागि कार्यदलले दिएको प्रतिवेदनको आधारमा सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै जाने बताए ।

उनका अनुसार सहकारीको मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर संचालन हुने संस्थालाई कानुनी उपचार गर्ने र समुदायमा आधारित भएर राम्रो काम गर्ने सहकारीलाई पुरस्कृत गरिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *