पूर्वउपमेयर भण्डारीको प्रश्न- श्रमदानको नाममा हर्क साम्पाङकाे श्रम शोषण कहिलेसम्म ? (भिडिओ) – Nepal Press

पूर्वउपमेयर भण्डारीको प्रश्न- श्रमदानको नाममा हर्क साम्पाङकाे श्रम शोषण कहिलेसम्म ? (भिडिओ)

‘हर्क साम्पाङले श्रमदानको नाममा शोषण गरे, ७ लाख लिटर पानी ल्याउन ७ करोड खर्च भयो’

काठमाडौं । धरान उपमहानगरको पूर्व उपमेयर मन्जु भण्डारीले वर्तमान मेयर हर्क साम्पाङले श्रमदानको नाममा श्रम शोषण गरेको आरोप लगाएकी छन् । साम्पाङले धरानमा कोकाहाबाट पानी ल्याउनु सह्रानीय काम भए पनि श्रमदानको नाममा श्रम शोषण गरेको आरोप लगाएकी हुन् ।

भण्डारीले नेपालप्रेससँग भनिन्, ‘खानेपानी बोर्डको पैसा पनि लगानी भएको छ । आजको दुनियाँमा श्रमदानको नाममा श्रमशोषण गर्ने कहिलेसम्म ? जनताको लागत त छ । श्रमदानको कामको बिलमा ज्याला भनेर किन लेखियो ? हिजो पनि धराने जनताको लगानी भएको थियो । तर, सात करोड खर्च गरेर सात लाख लिटर पानी आउनु कुन ठूलो कुरा भयो ?’

भिडिओ

सात करोड खर्च गरेर सात लाख लिटर पानी ल्याउनुभन्दा उक्त रकमले बोरिङ मात्रै गरेको भए २० लाख लिटरको सातवटा बोरिङ हुने भण्डारीको भनाइ छ ।

उनका अनुसार सातवटा बोरिङबाट एक लाख ४० लाख लिटर पानी आउने र त्यसले धराने जनताको पानी दुःख निरुपण गर्न सक्थ्यो । तर, साम्पाङले खर्च मात्रै बढी गरेको उनको अरोप छ ।

साथै अहिले धरानमा ल्याइएको पानी पनि शुद्ध नभएको भण्डारीको दाबी छ । उनले भनिन्, ‘धरानमा आएको पानी आफैंमा शुद्ध पनि छैन । फिल्टर ट्यांकमा हालिएको छैन । जोखिम पनि धेरै छ । यो बर्खामा कति ठाउँमा रुखको फेदमा अड्काउँदै ल्याइएको छ । पहिरो गयो वा रुख ढल्यो भने समस्या आउँछ । हिउँदमा डढेलो लाग्यो भने अर्को समस्या आउँछ । जोखिम नै जोखिम छ । हामीले लगानी गर्दा दीर्घकालीन विकास हुने गरी, भविष्यमा काम लाग्ने गरी गर्नुपर्छ ।

 


प्रतिक्रिया

2 thoughts on “पूर्वउपमेयर भण्डारीको प्रश्न- श्रमदानको नाममा हर्क साम्पाङकाे श्रम शोषण कहिलेसम्म ? (भिडिओ)

  1. अनि पहिले आफ्नाे पालामा चहि किन काेकाकुल बनाएर धरान राखेकाे?गर्मीयाममा नुहाउन नपाएर बिजाेक हुईन्थ्याे।यस्ता आफुले पनि गरेर नदेखाउने अरुले गरेको चहि किन ईर्ष्या गर्नु भनेकाे।

  2. यि महारानीले आफ्नो ५ वर्षे कार्यकालमा गरेर अनुभव बाडेको होला बोरिङको कुरा, श्रमदान हर्कको देश बनाउने अभियान हो श्रम शोषण भयो भन्नेले कहिले देशको बारेमा सोचेका छस। श्रम शोषण गरेको प्रमाण भए अदालत गए भयो अदालतमा तिमारकै भरौटेहरु छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर