सचिव, सहसचिव र उपसचिवसहित न्याय सेवाका १७० जनाको सरुवा (सूचीसहित) – Nepal Press

सचिव, सहसचिव र उपसचिवसहित न्याय सेवाका १७० जनाको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन सचिवको सरुवासँगै भर्खरै बढुवा भएका सचिवको पदस्थापन गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ भने नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानून आयोगमा सरुवा गरेको छ भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका फणिन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिव एवम १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।

काे कहाँ ? यस्ताे छ सूची:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *