क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई कालोमोसो ! – Nepal Press

क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई कालोमोसो !

जनकपुरधाम । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।

नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् ।

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।

अहिले उनी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “क्रिश्चियन धर्म प्रचारक महिला-पुरुषलाई कालोमोसो !

  1. कुनै सच्चा ईसाईहरुलाई बिरोध गर्नु नि हुदैन उस्को अधिकार पनि हुन्छ र सम्मान गर्नु पर्छ। तर कुनै ब्यक्ती बा समुह ब्यबसायकै रुपमा लिएर सोझा साझा लाई अनेक जालझेल गरेर ,नहुने कुरा गरेर र सनातन धर्मको बारेमा भ्रम फैलाएर धर्मानात्ररण गर्दै हिड्छ भने त्यसलाई सक्त सजाय गर्नु प्रत्येक हिन्दु सनातनीहरुको प्रमुख कर्तव्य हुन्छ। नत्र त्यो नामको मात्र हिन्दु हुनु भनेको धर्तीको बोझ नै हो ।हरे कृष्ण 🙏❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर