तुल्सिपुरका पूर्व मेयर पाण्डे इकोसिस्टम सम्बन्धी राष्ट्रसंघीय अभियानको सल्लाहकार परिषदमा चयन – Nepal Press

तुल्सिपुरका पूर्व मेयर पाण्डे इकोसिस्टम सम्बन्धी राष्ट्रसंघीय अभियानको सल्लाहकार परिषदमा चयन

काठमाडौं । तुल्सिपुर उपमहानगरपालिकाका पूर्व मयेर घनश्याम पाण्डे राष्ट्रसंघीय अभियानको सल्लाहकार परिषदमा चुनिएका छन् ।

इकोसिस्टम पुनर्स्थापनामा संयुक्त राष्ट्रसंघको दशक विश्वव्यापी अभियान (इकोसिस्टम रेस्टोरेशन डिकेड) को सल्लाहकार परिषद् सामुदायिक वन अभियन्ता समेत रहेका पाण्डे हुन् ।

संयुक्त राष्ट्रसंघको यो दशक अभियान सरकार, गैरसरकारी संस्थादेखि व्यवसायी तथा व्यक्तिहरूसम्मलाई इकोसिस्टमको पुनर्स्थापनामा सहभागी गराउने शृङ्खला हो । यसले वातावरणीय सन्तुलन र मानव जीवनको रक्षा गर्नका लागि विश्वव्यापी अभियान सञ्चालन गर्छ ।

पाण्डे ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष तथा सह संस्थापक हुन् । विगत ३५ वर्षदेखि उनले नेपालमा सामुदायिक वन तथा पुनर्स्थापनालाई अगाडि बढाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *