नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई मातृशोक – Nepal Press

नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई मातृशोक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।

उनकी माता मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान उपचारको क्रममा टिचिङ अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

ब्रेनस्टोकबाट पीडित खतिवडा केही सातादेखि उपचाररत थिइन्। उनका एक छोरा र तीन छोरी छन्। उनको मंगलबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर