मधेश प्रदेश : हत्या अभियुक्त सांसद यादवलाई अदालत लग्ने तयारी – Nepal Press

मधेश प्रदेश : हत्या अभियुक्त सांसद यादवलाई अदालत लग्ने तयारी

जनकपुरधाम । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमवार राजविराज नगरपालिका ७ बाट पक्राउ पक्राउ गरेको थियो । उनलाई हिजै अदालत लगियो । तर अदालतमा समय अभावका कारण उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले अदालतले आज बिहान १० उपस्थित गराउन भनेको र अहिले लग्ने तयारी गरेको जानकारी दिए ।

१६ वर्ष अगाडी माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । उनको हत्या मुद्दामा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

दोषी ठहर भएको अवस्थामा पनि यादव स्वतन्त्रबाट चुनाव लडेर प्रदेश सांसदमा निर्वाचित भएका हुन् । पछि उनी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका थिए ।

गौर घटनामा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने आवाज उठिरहेको बेला सोही पार्टीका सांसद यादव पक्राउ पर्दा नेताहरू चकित परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर