एमाले लुम्बिनी अधिवेशन : मतदानकाे लागि यस्तो बन्यो कँडेल भर्सेस रिजाल टीम – Nepal Press

एमाले लुम्बिनी अधिवेशन : मतदानकाे लागि यस्तो बन्यो कँडेल भर्सेस रिजाल टीम

रुपन्देही । पटक पटक सहमतिका लागि निर्वाचन मिति सारिए पनि कुनै टुंगो नलागेपछि बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि साेमबार नै मतदान हुने निश्चित भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिए पनि दुवै समूहमा कुनै सहमति हुन सकेन ।

अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेल र हरि रिजाल दुइटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको प्रचार गरिरहेका छन् । दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् ।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन १८ गते रातिमात्रै मतदान हुने समय तय भएको छ । तर, अझै पनि निर्वाचन सामग्री तयारी नभएकाले सर्नसक्ने जनाइएको छ ।

निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले ८ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिए ।

टीम रिजाल

अध्यक्ष : हरि रिजाल, प्यूठान
उपाध्यक्ष : विश्वराज बराल (अनुप), रुपन्देही
सचिव : लक्ष्मण आचार्य, दाङ
दुई उपसचिव : पूर्णबहादुर बुढा, रोल्पा र बसन्ती अधिकारी, बाँके

टीम कँडेल

अध्यक्ष : राधाकृष्ण कँडेल, पाल्पा
उपाध्यक्ष : भोजप्रसाद श्रेष्ठ, रुपन्देही
सचिव : लक्ष्मण आचार्य, दाङ
उपसचिव : लीला राना, बर्दिया र दुर्गा चौधरी, बाँके


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर