नेपाल-भारतबीचको खेल वर्षाले अवरुद्ध – Nepal Press

नेपाल-भारतबीचको खेल वर्षाले अवरुद्ध

काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।

३७.५ ओभरको खेल सकिँदा नेपालले १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गरिरहेका छन् । उनलाई सोमपाल कामीको साथ छ । नेपालका ओपनर आसिफ शेखले अर्धसतक बनाएपछि नेपालले सम्मानजनक स्कोरतर्फ अघि बढेको हो ।

दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा खेल्दैछन् । उनीहरुबीच सातौँ विकेटका लागि ३४ रनको साझेदारी भइसकेको छ। नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए। नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो। भारतका रवीन्द्र जडेजाले तीन, सिराजले २ र सार्दुल ठाकुरले एक विकेट लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर