लुम्बिनी एमाले : हरि रिजालको उम्मेदवारी सदर – Nepal Press

लुम्बिनी एमाले : हरि रिजालको उम्मेदवारी सदर

रुपन्देही । बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारी सदर भएको छ ।

निर्वाचन आयोगमा परेको उजुरी अध्ययन गरी पार्टी केन्द्र, संगठन विभाग, पार्टी निर्वाचन आयोग, स्वयं उम्मेदार र प्यूठानको पार्टी कमिटीसँगको छलफलपछि रिजालको उम्मेदारी सदर गरेको निर्वाचन समितिका प्रमुख हरि भण्डारीले बताए ।

पाल्पाका प्रतिनिधि राजु श्रेष्ठले रिजालको पार्टी सदस्य प्यूठानबाट नरहेको भनी दिएको उजुरीमा छानबिन गरी निर्वाचन आयोगले पार्टी केन्द्रको समन्वयमा अहिले उम्मेदारी कायम राख्नेगरी अगाडि बढाउने निर्णय गरेको हो ।

‘सबैतिर अध्ययन गर्दा उहाँ प्यूठान बसिरहेको आधार भेटिएको र सबैको सामूहिक सल्लाहमा उम्मेदारी कायम गरिएको छ’ भण्डारीले भने । प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर नं ६ का रिजालको विषयमा यसअघि जिल्ला पार्टीले निर्वाचन समितिलाई आधार प्रस्तुत गरेको थियो ।

एमालेमा केन्द्रीय सदस्यको सदस्यता विवरण केन्द्रमा रहने व्यवस्था भएको र सोही व्यवस्था अनुसार रिजालको सदस्यता केन्द्रमै रहेको तर प्रतिनिधि र उम्मेदार भूगोलमा बन्न पाउने एमाले संगठन बिभागले जनाएको निर्वाचन समितिले जनाएको छ । अब यो विवाद सकिएसँगै निर्वाचनका अन्य प्रकृया अघि बढ्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर