नेपालको १५० रन पूरा, सम्हालिने प्रयास गर्दै दीपेन्द्र र सोमपाल – Nepal Press

नेपालको १५० रन पूरा, सम्हालिने प्रयास गर्दै दीपेन्द्र र सोमपाल

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १५० रन पूरा गरेको छ ।

नेपालले ३४ ओभरमा ६ विकेट गुमाएर १५१ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ८ रनमा खेल्दैछन् ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

भारतका रवीन्द्र जडेजाले ३, सिराजले २ र सार्दुल ठाकुरले एक विकेट लिएका छन् । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि त्यसपछि ठूलो साझेदारी गर्न सकेकाे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *