पर्यटनमन्त्री किराँतीलाई सांसदको प्रश्न : ल्यारक्याल लामाको नियुक्ति कसरी भयो ? – Nepal Press

पर्यटनमन्त्री किराँतीलाई सांसदको प्रश्न : ल्यारक्याल लामाको नियुक्ति कसरी भयो ?

काठमाडौं । सांसदले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामाको नियुक्तिबारे प्रश्न गरेका छन् । संसदीय समितिको सभापति चयनपछि पहिलो पटक सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिका सदस्यले बैठकमका सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रश्न गरेका हुन् ।

समितिको बैठकमा प्रश्न गर्ने विभिन्न सांसदमध्ये पूर्व मन्त्री एवम आम जनता पार्टीका सांसद प्रभु साह र पूर्व मन्त्री एवम राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ल्यारक्याल लामाको नियुक्तिबारे प्रश्न उठाएका हुन् ।

सांसद साहले प्रश्न गर्दै भने, ‘अहिलेको पर्यटनमन्त्री धेरै स्मार्ट र काम गर्न खोज्ने हुनुहुन्छ । त्यो देशकै लागि पनि राम्रो हो । तर, तपाईले विवादित ल्यारक्याल लामालाई कुन दबाबमा आएर लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनु भयो यसको जवाफ दिनुहोला ।

अर्का सांसद शिशिर खनालले पनि ल्यारक्याल लामाको नियुक्ति राष्ट्रिय सहमतिको नभएको दाबी गरे । उनले प्रश्न गर्दै भने, ‘सबैभन्दा पहिला त मन्त्रीज्यूले हालै ल्यारक्याल लामाको नियुक्ति राष्ट्रिय सहमतिमै भएको भनेर बोल्नु भएछ । राष्ट्रिय सहमतिको होइन, यसमा प्रशस्त प्रश्न छन् ।’

सांसदले उठाएका प्रश्नको छोटकरीमा जवाफ दिने क्रममा पर्यटनमन्त्री किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएका ल्यारक्याल लामाबारे उठेको प्रश्नको जवाफ दिएनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर