भारतविरुद्ध नेपालका आसिफको अर्धशतक – Nepal Press

भारतविरुद्ध नेपालका आसिफको अर्धशतक

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

जारी खेलमा आसिफ ५० रनमा खेल्दैछन् । नेपालले २७.२ ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले १०औं अर्धशतक बनाएका हुन् ।

४४ खेल खेल्ने क्रममा उनले एउटा शतक पनि बनाएका छन् । आसिफले भारतविरुद्ध ८८ बलमा अर्धशतक पूरा गर्दै ७ चौका प्रहार गरेका छन् ।

आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६५ रनको साझेदारी गरेका थिए । त्यसपछिका ३ ब्याट्सम्यान सस्तैमा आउट भए पनि अहिले गुल्सन झाले साथ दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर