एमाले लुम्बिनी अधिवेशन : हरि रिजालको उम्मेदवारी खारेजी मागसहित उजुरी – Nepal Press

एमाले लुम्बिनी अधिवेशन : हरि रिजालको उम्मेदवारी खारेजी मागसहित उजुरी

रुपन्देही । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हरि रिजालविरुद्ध उजुरी परेको छ ।

प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर नं ६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेको भन्दै उनको प्रतिनिधित्वमा प्रश्न उठाउँदै निर्वाचन मण्डलमा उजुरी परेको हो ।

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वत: खारेज हुने उजुरीकर्ताको जिकिर छ ।

यद्यपि रिजाललाई वैधानिक कायम गर्न नेताहरूले सिफारिस तयार पार्ने तयारी भएको स्रोतले बताएको छ । दुई पक्षबीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुङ्गो नलागेपछि दुवैजनाले आइतबार उम्मेदवारी दर्ता भएपछि अहिले चुनावी तयारी भइरहेको छ ।

रिजालको सङ्गठित सदस्य संख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा रहेको छैन । रिजालले दर्ता गराएको १०१ नम्बरमा अध्यक्ष पदको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै उजुरी दर्ता भएको हो । प्रतिनिधि तथा प्रदेश सांसद राजुप्रसाद श्रेष्ठले यस्तो उजुरी दर्ता गराएका हुन् । यो विषयमा रिजाल पक्षले कुनै प्रतिक्रिया जनाएको छैन । उजुरी दर्ता भएको र यो विषयमा थप छानबिन र छलफल हुने निर्वाचन कमिटीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर