सभामुखसँग रुसी राजदूतको भेट- सहमति कार्यान्वयन गर्न उच्चस्तरीय भ्रमणको तयारी – Nepal Press

सभामुखसँग रुसी राजदूतको भेट- सहमति कार्यान्वयन गर्न उच्चस्तरीय भ्रमणको तयारी

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभबीच भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात् दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे।

नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्त्वपूर्ण रहेको बताउँदै रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे।

उनले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुनः निर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड १९ संक्रमणको समयमा मूल्यवान् सहयोग प्रदान गरेकोमा रुसी महासंघलाई धन्यवाद दिए।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदान प्रदानका लागि महत्त्वपूर्ण रहेको बताए।

अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर