एसिया कप : नेपालले भारतकाे सामना गर्दै – Nepal Press

एसिया कप : नेपालले भारतकाे सामना गर्दै

काठमाडौं । एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ ।

खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।

समूह ए बाट पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ । भने पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन छ ।

शनिवार भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।

शनिवारको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।

सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिवारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।

यस्तै भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले नेपालसॅंगको खेल गुमाउने भएका छन् । उनी आफ्नो व्यक्तिगत कारण भारत फर्किएको बताइएको छ । उनको स्थानमा मोहम्मद सामीले मौका पाउने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर