नेपाल-भारतको खेल वर्षाले प्रभावित हुन सक्ने, रद्द भए बाहिरिन्छ नेपाल – Nepal Press

नेपाल-भारतको खेल वर्षाले प्रभावित हुन सक्ने, रद्द भए बाहिरिन्छ नेपाल

काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको भोलि हुने खेल वर्षाले प्रभावित बन्न सक्ने देखिएको छ । मौसमसम्बन्धी भविष्यवाणीअनुसार भोलि रंगशाला स्थलमा वर्षाको सम्भावना ८० प्रतिशत छ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतका म्याचहरु श्रीलंकामा हुँदैछन् । भारतले पाकिस्तान नजाने भनेर अर्घेलो गरेपछि तटस्थ भूमिका रुपमा श्रीलंकालाई रोजिएको हो । ३५ हजार सीट क्षमताको पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारतको म्याच हुँदैछ ।

हिजो शनिबार यही मैदानमा भारत र पाकिस्तानको खेल भएको थियो । वर्षाले गर्दा दोस्रो इनिङमा ब्याटिङ सम्भव नभएपछि खेल रद्द गरियो र दुवै देशले अंक बाँडे । नेपाल, भारत र पाकिस्तान रहेको समूहमा नेपाल अंकविहीन छ । पाकिस्तान ३ अंकसहित सुपर ४ मा गइसकेको छ भने १ अंकमा रहेको भारत नेपालविरुद्ध जीतको खोजीमा छ ।

भोलिको नेपालले भारतलाई हराएमा २ अंक जोड्दै सुपर ४ मा जानेछ भने भारत बाहिरिने छ । भारतले नेपाललाई हराएमा ३ अंकसहित सुपर ४ मा जानेछ र नेपाल बाहिरिने छ । यदि वर्षाले खेल हुन नसके नेपाल स्वतः बाहिरिने छ र भारतले सुपर ४ मा स्थान बनाउनेछ । त्यसैले नेपालले जसरी पनि खेल होस् भन्ने चाहेको छ ।

खेलको नतिजा आउन दोस्रो इनिङमा कम्तिमा २० ओभरको ब्याटिङ भएको हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *