बाँदरको परिवार नियोजन गरेर नियन्त्रण गर्नुपर्छ : आरजू राणा (भिडिओ) – Nepal Press

बाँदरको परिवार नियोजन गरेर नियन्त्रण गर्नुपर्छ : आरजू राणा (भिडिओ)

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् ।

आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी हुन् । त्यस्तै, उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताइन् । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने उनले बताइन् ।

‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्नेगरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्योर । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ’, उनले भनिन्, ‘हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो । यो चाहिँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

उनले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *