लिखुपिकेका तत्कालीन वडाध्यक्ष, प्रशासकीय अधिकृतसहित ३ जनालाई भ्रष्टाचार मुद्दा – Nepal Press

लिखुपिकेका तत्कालीन वडाध्यक्ष, प्रशासकीय अधिकृतसहित ३ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन वडाध्यक्ष प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले गाउँपालिकाका वडा नं। २ का तत्कालिन वडाध्यक्ष रमेश कुमार बस्नेत, प्रसाशकिय अधिकृत राजेन्द्र भण्डारी र लेखापाल जीवन सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नं २ का तत्कालीन वडा अध्यक्ष  बस्नेतले वडाको भवन निर्माणको लागि जग्गा निशुल्क दानपत्रमार्फत प्राप्त गरेको जग्गालाई ६ लाखमा खरिद गरेको भनेर देखाई भुक्तानीको लागि गाउँपालिकामा पेश गरेका थिए ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने ६ लाख रुपैयाँ भुक्तानी लिई दिन लगाएका थिए ।

बस्नेत, भण्डारी र सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भएबमोजिमको कसुर गरेकाले उनीहरुलाई ६ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी उल्लिखित बिगोसमेत असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *