माओवादी अभियानप्रति बाबुरामको टिप्पणी- दुष्कर्मका कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु – Nepal Press

माओवादी अभियानप्रति बाबुरामको टिप्पणी- दुष्कर्मका कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रले थालेको जनतासँग माओवादी अभियानलाई सय वटा मुसा खाएर बिरालोको तीर्थयात्रा भएको टिप्पणी गरेका छन्।

माओवादीले फेरि जनतासँग जोडिन विशेष अभियान थालेपछि भ्रष्टाचार र अनियततामा अनगिन्ती कीर्तिमान खडा गरेर भ्रम छर्न हिँडेको आरोप लगाए ।

उनले ट्विटरमा लेखेका छन्, ‘सय वटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिँडेथ्यो रे१ केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहन/भागबण्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र ?

माओवादी अहिले भागबण्डा, कमिसनखोरी, शक्ति केन्द्रहरूको दलाली, विचार र नैतिकताबाट पूरै स्खलन र विलासितालगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर