जुम्लामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु – Nepal Press

जुम्लामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

सुर्खेत । जुम्लाको बोलेर जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा-४ मा बोलेरो जीप दुर्घटनाको दुई जनाको मृत्यु भएको हो ।

आइतबार बिहान जुम्लाबाट मुगु तर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जीप नाग्म गमगढी सडक अन्तर्गत कनकासुन्दरीको छलपनेरा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

दुर्घटनामा परी घटना मृत्यु हुनेमा चालक र सहचालक रहेको अनुमान गरिएको उनले बताए ।

जीप सडकभन्दा करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *