युवा संघ अन्तर जिल्ला कमिटी भोजपुरमा नयाँ नेतृत्व – Nepal Press

युवा संघ अन्तर जिल्ला कमिटी भोजपुरमा नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी भोजपुरमा नयाँ नेतृत्व आएको छ ।

शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट सगुन राईको अध्यक्षतामा १२ सदस्यीय कमिटी चयन भएको हो । कमिटी उपाध्यक्षमा अविरल कार्की, सचिवमा महेन्द्र घिमिरे, सहसचिवहरूमा प्रिन्स अधिकारी र कल्पना श्रेष्ठ निर्विरोध भएका छन् ।

युवा संघ अन्तर जिल्ला कमिटीको सदस्यहरूमा सविना तामाङ, नरेन्द्र कुलुङ राई, सुरेन्द्र श्रेष्ठ, सुशान्त श्रेष्ठ, विपूल न्यौपाने र सीताराम बोहरा छन् ।

युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा एमाले केन्द्रीय सदस्य हरिबहादुर राई, पर्शुराम अधिकारी, पूर्वमन्त्री कृपाशुर शेर्पा, भोजपुर पार्टी अध्यक्ष शरणकुमार राई, भोजपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पूर्वातेञ्जिङ शेर्पालगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर