सुनको मूल्य बढ्यो, चाँदीको घट्यो – Nepal Press

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने, चाँदीको घटेको छ ।

बजारमा छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, शुक्रवार मात्रै प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर